Saturday, September 26, 2026

बढ्दो चिसोलाई मध्यनजर गर्दै कलैया उपमहानगरले दियो विद्यालयमा तीन दिन जाडो बिदा

Advertisement
Advertisement

कलैया, १२ पुस । बढ्दो चिसोलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयमा जाडो बिदा दिएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजिव कुमार यादवले आज एक सूचना जारी गर्दै अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा निजी विद्यालयमा पुस १३ गते आइतबारदेखि १५ गते मंगलबारसम्म पठन–पाठन बन्द रहने जानकारी दिएका छन्।

उनका अनुसार पुस १६ गते बुधबारदेखि विद्यालयहरू निर्धारित समयमा नियमित रूपमा सञ्चालन हुनेछन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर