Saturday, September 26, 2026

प्रतिनिधिसभा चुनाव : बारा-३ बाट रामबाबु यादवको नाम पहिलो नम्बरमा सिफारिस

Advertisement
Advertisement

कलैया,१२ पुस । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाराको जिल्ला निर्वाचन क्षेत्र नं. ३ को बृहत् क्षेत्रीय भेलाबाट प्रतिनिधि सभा सदस्यका लागि पूर्व सांसद रामबाबु कुमार यादवसहित तीन जनाको नाम सिफारिस गरिएको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलाले पूर्व सांसद यादव, मधेश प्रदेश समितिका उपाध्यक्ष सुशील यादव र रमेश साह गरी तीन जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको हो।

बारा निर्वाचन क्षेत्र नं. ३ मा जसपा नेपाललाई मजबुत बनाउँदै आगामी निर्वाचनमा विजयी गराउन पार्टीका नेता तथा कार्यकर्ताहरू एकताबद्ध भएर लाग्नुपर्नेमा उक्त अवसरमा वक्ताहरुले जोड दिएका हुन्।

कलैया उपमहानगरपालिका वडा नं. ८ खपरत्तता स्थित फन पार्कमा आयोजित उक्त कार्यक्रममा क्षेत्रीय समन्वय समितिका अध्यक्ष कमलेश मण्डलको अध्यक्षता रहेको थियो। भेलामा जसपा नेपालका केन्द्रीय नेता रामकिशोर प्रसाद यादव, प्रकाश चौगाई, उमरावती देवी, रुपलाल चौधरी, डा. कलाम अन्सारी, प्रदेश उपाध्यक्ष सुशील कुमार यादव, प्रदेश सदस्य धर्मेन्द्र यादव, जिल्ला अध्यक्ष रमेशकुमार यादव, जिल्ला सचिव शम्भु गुप्ता, कोषाध्यक्ष बिनोद यादव, सहसचिव नन्दन गुप्ता, सिकेन्द्र दास,जिल्ला सदस्यहरू सचितानन्द यादव, शैलेश यादव, राजिन्द्र यादव, अंगदकुमार सहनी, रेयाजुल अन्सारी, जाहिद अन्सारी, वडा अध्यक्ष रञ्जित चौरसिया, रामईश्वर यादव, रामविश्वास ठाकुर, शेषनाथ साह, सोमनाथ मगरलगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर