Wednesday, July 22, 2026

बारामा लागूऔषध गाँजासहित दुई जना पक्राउ

कलैया,१६ पुस । बारा प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा मंगलबार इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगञ्ज खजानीबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले लागूऔषध ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बारा जिल्लाको पचरौता नगरपालिका–३ ब्रह्मस्थानस्थित गंगानगरबाट डाटगाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध गाँजा १० किलोग्राम (दुई पोका) बरामद गरिएको हो।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगर बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार कुशवाहा र सोही ठाँउमा बस्ने अन्दाजी २८ वर्षीय पुनदेव पटेल रहेका छन्।

लागूऔषध गाँजासहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर