Sunday, June 7, 2026

कलैयामा उखु लोड गरेको ट्याक्टर र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु, २ जना घाइते

spot_img

कलैया, ४ फागुन। बाराको कलैयामा भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।

गए राति करिब ८:१५ बजे कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैयास्थित पिलुवा–कलैया सडक खण्डमा उखु लोड गरेको प्रदेश २-०३-००१ त ३८६ नम्बरको ट्याक्टर र प्रदेश २-०२-०२२ प ५१४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–१२ धर्मनगर बस्ने २५ वर्षीय उपेन्द्र मण्डललाई प्रादेशिक अस्पताल कलैया पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलमा सवार अन्य दुई जना कलैया–१२ कै २३ वर्षीय करण चौरसिया र २५ वर्षीय सावन कुमार यादव गम्भीर घाइते भएका छन्। उनीहरूलाई प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित एस न्युरो अस्पताल पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराले दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर