Friday, June 5, 2026

बंगलादेशका प्रधानमन्त्रीको सपथ समारोहमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने

spot_img

कलैया, ४ फागुन। परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन आज ढाका जाने भएका छन्।

बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि गठन भएको नयाँ सरकारको स्वागत र सम्मानका लागि प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेपछि उनी आज काठमाडौँबाट ढाकाको लागी प्रस्थान गर्ने भएका हुन।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्री शर्माको यो भ्रमणले नेपाल र बङ्गलादेशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्यका क्षेत्रहरूलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता झल्काएको उल्लेख गरेको छ। नेपाल र बङ्गलादेशबीच लामो समयदेखि व्यापार, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य हुँदै आएको छ।

मन्त्री शर्माको भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समेत सहभागी हुने छन्। समारोहमा सहभागी भई मन्त्री शर्मा फागुन ७ गते स्वदेश फर्कने छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर