कलैया, ०४ फागुन । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन बिथोल्ने गरी अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई सोमबार राती भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो।
प्रसाईंले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत निर्वाचन नहुने र निर्वाचन हुन नदिने भन्दै कार्यकर्ताहरूलाई उत्तेजित पारेको प्रहरीको दाबी छ। प्रसाईंलाई अहिले थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा राखिएको छ।





