Sunday, June 7, 2026

तीन मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु, दुई घाइते

spot_img

कलैया, ७ फागुन। सर्लाहीमा गएराति भएको सवारी दुर्घटनामा दुई जना युवाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक गएराति तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा अन्य दुई जना घाइते समेत भएका छन् ।

मृत्यु हुनेमा जिल्लाकै हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० वर्षीय रामज्ञान राय रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा भारतीय नम्बर प्लेटका तीनवटै मोटरसाइकल क्षतिग्रस्त अवस्थामा भेटिएका थिए । दुर्घटनामा जिल्लाको हरिपुर्वा–९ का २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन् । उनीहरूलाई घटनाको थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडकमा अनियन्त्रित गति कारणले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर