Sunday, June 7, 2026

स्रोत नखुलेको ११ लाख भन्दा बढी नगद सहित एक पक्राउ

spot_img

कलैया, ०८ फागुन । महोत्तरीबाट प्रहरीले स्रोत नखुलेको ११ लाख भन्दा बढी नगद सहित एक जनालाई पक्राउ गरेको छ ।

मनरा शिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-७ बस्ने गौतम साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी इटहर्वाटकट्टीबाट खटिएको प्रहरीले पोखरभिण्डबाट सोनौल बजारतर्फ आउँदै गरेको म.प्र.०२-००९ प १५१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर