Monday, August 10, 2026

वीरगञ्जमा कर्फ्यु आदेश जारी

कलैया, ११ फागुन । वीरगञ्जमा पछिल्लो समय विकसित सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। 

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षरित सूचना अनुसार आज फागुन ११ गते बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र तपसिलका चार किल्ला तोकी कर्फ्यु जारी गरिएको छ।

कफ्र्यु लगाइएको क्षेत्र (चार किल्ला):

पूर्व: बाइपास रोड

पश्चिम: सिर्सिया नदी

उत्तर: गण्डक चौक

दक्षिण: शंकराचार्य गेट

यस सीमाना भित्र कसैले पनि आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने प्रशासनले स्पष्ट पारेको छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न सबै नागरिकलाई यो आदेशको पालना गर्न र संयमता अपनाउन अपिल गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर