Monday, August 10, 2026

रौतहटको गौरमा लगाइएको कर्फ्यु पूर्णरूपमा हट्यो

कलैया, ११ फागुन । रौतहटको सदरमुकाम गौर नगरपालिकामा विगत तीन दिनदेखि जारी अनिश्चितकालीन कर्फ्यु आज (सोमबार) बिहान १० बजेदेखि पूर्णरूपमा हटाइएको छ।

दुई समुदायबीच उत्पन्न तनाव र झडपपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो।

पछिल्लो समयमा स्थिति सामान्य बन्दै गएपछि र दुवै पक्षबीच संवादको वातावरण बनेपछि जिल्ला सुरक्षा समितिको बैठकलेरौतहटको गौरमा लगाइएको कर्फ्यु पूर्णरूपमा हट्यो हटाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यु हटाइएपछि हाल जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिएका छन्। उनले सामाजिक सद्भाव कायम राख्न र कुनै पनि प्रकारका भ्रामक हल्लाहरूको पछाडि नलाग्न सम्पूर्ण जिल्लाबासीलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर