कलैया, १३ फागुन। सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी (म्यादी)का लागि नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन अवधिमा घाइते हुने सुरक्षाकर्मीको सम्पूर्ण उपचार खर्च राज्यले नै ब्यहोर्ने निर्णय गरेको हो।
“निर्वाचनको क्रममा कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मी वा म्यादी प्रहरी घाइते भएमा उनीहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले ब्यहोर्नेछ,” मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओेमप्रकश अर्यालले जानकारी दिएका छन्।
बैठकले निर्वाचन अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत गरेको छ।





