कलैया, १४ फागुन । प्रतिनिधिसभा निर्वाचन आउन एक साता बाँकी रहँदा नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य अवस्थालाई कारण देखाउँदै बुधबार राति सिंगापुर प्रस्थान गरेका छन्।
देउवा बुधबार राति सिंगापुर एयरलाइन्सको उडानमार्फत त्यसतर्फ उडेका हुन्। आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा यसपटक देउवाको उम्मेदवारी छैन। सन् १९९१ देखि निरन्तर संसदीय राजनीतिमा रहेका देउवाका लागि यो दशकौँ पछिको पहिलो निर्वाचन हो जहाँ उनी उम्मेदवार छैनन्।
कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि पार्टीको मूल नेतृत्वबाट बाहिरिएका देउवा पछिल्लो समय सक्रिय राजनीतिबाट केही टाढा रहँदै आएका थिए।




