Monday, August 10, 2026

फेरि पक्राउ परे दुर्गा प्रसाईं

कलैया, १७ फागुन। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आज (फागुन १७ गते) बिहान पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको हो।

स्रोतका अनुसार बिहानैदेखि निवास वरिपरि सुरक्षाकर्मी तैनाथ गरिएको थियो भने पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर उनलाई प्रहरी कार्यालय लगिएको थियो।प्रसाईंलाई दिइएको पक्राउ पुर्जीमा सार्वजनिक शान्ति विरुद्धको मुद्दा मा अनुसन्धान गर्नुपर्ने व्यहोरा उल्लेख गरिएको छ।

यसअघि फागुन ४ गते काठमाडौँबाट पक्राउ परेका प्रसाईं फागुन १३ गते मात्र सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका थिए। सर्वोच्चले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको केही दिनमै प्रहरीले नयाँ मुद्दामा अनुसन्धानका लागि पुनः हिरासतमा लिएको हो।

हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ।  पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर