Sunday, June 7, 2026

चुनावी प्रचारप्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि सुरु हुने

spot_img

कलैया, १८ फगुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि लागू हुने मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा अन्य सरोकारवालाहरूले कुनै पनि किसिमका प्रचारप्रसारका गतिविधि गर्न पाउने छैनन्।

यस्तै उक्त समयमा उम्मेदवार र दलहरूले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, ट्वीटर आदि) बाट समेत मत माग्न र चुनावी प्रचारका सामग्रीहरू पोस्ट गर्न वा सेयर गर्न पाउने छैनन्। यदि कसैले आचारसंहिता विपरीत मौन अवधिको उल्लंघन गरेमा निर्वाचन ऐनअनुसार कडा कारबाही गरिने निर्वाचन कार्यालय बाराले स्पष्ट पारेको छ।

आज अन्तिम दिन उम्मेदवारहरूले मतदाताको घरदैलोमा जाने, मत माग्ने वा चुनावी सभाहरू आयोजनामा ब्यस्त भएका छन्।

बाराका चारवटै निर्वाचन क्षेत्रमा मतदानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। मौन अवधिभर मतदातालाई प्रभावित पार्ने कुनै पनि गैरकानुनी क्रियाकलाप हुन नदिन जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

आयोगले सञ्चार प्रतिष्ठान र पत्रकारका लागि पनि मौन अवधिको विशेष आचारसंहिता तोकेको छ। यस अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाइने छैन। साथै, कुन उम्मेदवारले जित्छ वा हार्छ भनी भविष्यवाणी गर्ने, हारजितको घोषणा गर्ने तथा प्रचारमुखी टक सो, टिप्पणी वा विश्लेषण गर्न सञ्चारमाध्यमलाई रोक लगाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर