Monday, August 10, 2026

इरानको आक्रमणबाट मृत्यु भएका नेपालीको पहिचान खुल्यो

कलैया, १८ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) मा इरानी आक्रमणमा परी मृत्यु भएका नेपाली युवाको पहिचान खुलेको छ । मृत्यु हुनेमा गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं. ७, बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्।

अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको आधिकारिक जानकारी अनुसार, आइतबार भएको उक्त आक्रमणमा श्रेष्ठको मृत्यु भएको हो।

उनी युएईको ‘मिडल इस्ट’ कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने विशेष अपरेशनका क्रममा उनी आक्रमणको चपेटामा परेको खुलाइएको छ।

घटनाको पुष्टि भएसँगै नेपाली राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल पठाउन आवश्यक कानुनी र कूटनीतिक सहजीकरण सुरु गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर