कलैया, १९ फागुन । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका विषयमा भ्रामक अफवाह फैलाएको आरोपमा प्रहरीले एक जना ज्योतिषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ज्योतिष पण्डित रूद्रनाथ अधिकारी रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार अधिकारीले सामाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै फागुन २१ गते चुनाव हुँदैन भनी भ्रम सिर्जना गरेका थिए।

निर्वाचन जस्तो संवेदनशील विषयमा विना आधार अफवाह फैलाएर जनमानसमा अन्योल उत्पन्न गराएको भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।