Sunday, June 7, 2026

वीरगञ्ज नाकाबाट सात महिनामा ५ खर्ब १९ अर्बको सामान भित्रियो

spot_img

कलैया, १९ फागुन । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगञ्ज नाका हुँदै रु ५ खर्ब १९ अर्ब १ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा रु ४ खर्ब ६० अर्ब २३ करोडको सामान आयात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार आयातित वस्तुहरूमध्ये पेट्रोलियम पदार्थ र फलामजन्य सामग्रीको हिस्सा सबैभन्दा बढी रहेको छ। तथ्याङ्क अनुसार सात महिनामा रु १ खर्ब ६ अर्ब ४३ करोडको पेट्रोलियम पदार्थ, रु ४६ अर्ब १६ करोडको फलाम तथा फलामका सामान र रु ३५ अर्ब ८७ करोडको मेसिनरी पार्टपुर्जाहरू आयात भएका छन्।

यस्तै, भटमासको कच्चा तेल र इलेक्ट्रिक उपकरणहरूको आयातमा पनि वृद्धि देखिएको भन्सार कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर