Monday, August 10, 2026

वीरगन्जमा नेपाली सेनाको विशेष सर्च अभियान, सुतली बमसहित तीनजना पक्राउ

कलैया, २० फागुन । आगामी निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले वीरगन्जमा सञ्चालन गरेको विशेष सुरक्षा ‘सर्च’ अभियानका क्रममा तीनजनालाई नियन्त्रणमा लिएको छ। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यले गएराति करिब २ बजे श्रीजंग गण वीरगन्जले चलाएको अपरेसनमा वीरगन्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।

उनीहरूको साथबाट ९ वटा सुतली बम, पाँचवटा सेतो तार र सुँगुरको टाउको बरामद गरिएको छ । धार्मिक द्वन्द्व फैलाउने र निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने योजना बनाइरहेको विशेष सूचनाका आधारमा सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सुरक्षा निकायको प्रारम्भिक अनुसन्धान अनुसार बरामद गरिएका सामग्रीहरू साम्प्रदायिक सद्भाव खलबल्याउन प्रयोग गर्ने तयारी गरिएको देखिएको छ। निर्वाचनको समयमा कुनै पनि अराजक गतिविधि हुन नदिन सेना र सुरक्षा निकाय पूर्ण सतर्क रहेको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर