कलैया, २१ फागुन। प्रतिनिधिसभा सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि बारासहित देशभर एकैसाथ मतदान कार्य सुरु भएको छ। बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा रहेका मतदान केन्द्र सहित मतदान स्थलहरूमा मतदान प्रक्रिया प्रारम्भ भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बिहानैदेखि मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ मतदान केन्द्रमा पुग्न थालेका छन्। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै बाराका सबै मतदान स्थलहरूमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचन आयोगले बेलुका ५ बजेसम्म मतदान गर्न सकिने जनाएको छ।
निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरूलाई प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
बारा जिल्लामा कुल मतदाताको संख्या ४ लाख ६५ हजार ७ सय ८४ रहेको छ ।





