कलैया, २१ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको भविष्य सुनिश्चित गर्न सम्पूर्ण मतदाताहरूलाई अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन्।
आज फागुन २१ गते सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन मतदान केन्द्रसम्म पुगेर आफ्नो हक प्रयोग गर्न आग्रह गरेकी छन्। प्रधानमन्त्री कार्कीले भनिन्, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१ गते, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न म हार्दिक आग्रह गर्दछु ।”
प्रधानमन्त्रीले मतदाताको प्रत्येक मत भविष्य निर्धारणका लागि निर्णायक हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि नागरिकले देखाएको संयम र समझदारीप्रति आभार समेत प्रकट गरेकी छन्। बारा लगायत देशभर आज मतदान प्रक्रिया उत्साहजनक रूपमा अघि बढिरहेको छ।





