कलैया, २६ फागुन । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज मंगलबार सुनको मूल्य ३८ सयले बढेर प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस अघि सोमबार प्रतितोला तीन लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी तोलामा ३१० रुपैयाँले बढेर पाँच हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस अघि सोमबार पाँच हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।





