Monday, August 10, 2026

धनुषा– १ का रास्वपा उमेदवार साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

कलैया, २८ फागुन । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रका नाममा आदेश दिएको हो।

यसअघि कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरिदिएको थियो। सो निर्णयविरुद्ध साहले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। फागुन २८ गते बिहीबार भएको सुनुवाइपछि अदालतले साहलाई कालोसूचीबाट हटाउन र उनको उम्मेदवारीलाई वैधानिकता दिन बाटो खोलेको छ।

निर्वाचनका दौरान उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा रास्वपाको चुनाव चिह्न घण्टी मा सबैभन्दा बढि मत खसेको थियो। यद्यपि, साहको उम्मेदवारी रद्द भएको अवस्थामा निर्वाचन आयोगले नेकपाका उम्मेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर