Sunday, June 7, 2026

मकवानपुरमा ट्रक र कन्टेनर ठोक्किँदा एक जनाको मृत्यु

spot_img

कलैया, २९ फागुन । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको हो।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कन्टेनर र विपरीत दिशा (हेटौँडाबाट चितवनतर्फ) जाँदै गरेको ट्रक आपसमा ठोक्किएका थिए। दुर्घटनामा परी कन्टेनर चालक सर्लाही जिल्लाको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा निवासी गोविन्द चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना लगतै गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर