Monday, August 10, 2026

धनुषा-१: किशोरी साहको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश, मातृका यादव सांसद कायमै

कलैया, ०१ चैत । सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेजी विरुद्धको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

अदालतको यो आदेशसँगै सो क्षेत्रबाट निर्वाचित नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवको सांसद पद कायमै भएको छ। निर्वाचन आयोगले मतदानको दुई दिनअघि मात्र साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी रद्द गरिदिएको थियो। साहले आफ्नो उम्मेदवारी पुनः कायम गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

तर, अदालतले यस विषयमा तत्काल अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेको छ। निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज भएपछि दोस्रो धेरै मत प्राप्त गर्ने नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी घोषणा गरी प्रमाणपत्र समेत प्रदान गरिसकेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर