Monday, August 10, 2026

बारामा दुई भारतीय मोटरसाइकल दुर्घटना हुँदा सिम्रौनगढका एकजनाको मृत्यु 

कलैया, ०३ चैत। बारामा दुई भारतीय मोटरसाइकल एकापसमा ठक्कर खाँदा सिम्रौनगढका एकजनाको मृत्यु भएको छ।

जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं ५ स्थित सडकमा बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका वडा नं ५ बस्ने ४५ वर्षिय सुरेन्द्र महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। साथै दुर्घटनामा घाइते भएका बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकल चालकको समाज अस्पताल कलैयामा र सोही मोटरसाइकलमा सवार १ जनाको हिमाल अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर