कलैया, ५ चैत । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो ।
आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ
हिजो बुधवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको थियो ।





