Saturday, August 1, 2026

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

कलैया, ०५ चैत । निर्वाचन आयोगले प्रतिनिधिसभाका नवनिर्वाचित ११० जना समानुपातिक सांसदहरूलाई एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको छ।

आयोगको कार्यालयमा आयोजित समारोहमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित अन्य आयुक्तहरूले सांसदहरूलाई माला र खादा लगाएर स्वागत गरेका थिए भने सचिव कृष्णबहादुर राउतले आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

गत फागुन २१ गते सम्पन्न निर्वाचनको नतिजा र प्राप्त मतभारका आधारमा आयोगले चैत २ गते विजयी उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको थियो। यसपटकको निर्वाचनमा ६ वटा राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फको थ्रेसहोल्ड कटाएर संसद्मा सिट सुरक्षित गर्न सफल भएका छन्।

सिट संख्याका आधारमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो शक्तिका रूपमा उदाउँदै ५७ सिट हात पार्न सफल भएको छ। त्यस्तै, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९ सिट प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले भने समान ४/४ सिटमा चित्त बुझाएका छन्। प्रमाणपत्र वितरणसँगै अब यी सांसदहरूलाई संसद् प्रवेशको बाटो खुला भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर