Saturday, June 6, 2026

भरूवा बन्दुक सहित एक जना पक्राउ

spot_img

कलैया, ०८ चैत । मकवानपुरमा भरूवा बन्दुक सहित एक पक्राउ परेका छन् । बागमती गाउँपालिका-९ बेतिनी बस्ने ५७ वर्षीय सन्त कुमार प्रजापतिलाई भरूवा बन्दुक १ थान सहित गए राति प्रहरीले पक्राउ गरेको हो । 

सन्तकुमारको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर