Saturday, June 6, 2026

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

spot_img

कलैया, ०८ चैत । रौतहटको चन्द्रपुर नगरपालिका–८ बसन्तपुरमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुजरा नगरपालिका–१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरी रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ।

आइतबार दिउँसो धारामा जडान गरिएको विद्युतीय मोटरबाट अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। घाइते चौधरीलाई तत्काल उपचारका लागि चन्द्रपुरस्थित चपुर अस्पताल पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

घटना बारे आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर