Monday, August 10, 2026

रवि लामिछानेविरुद्धको रिट हेर्दाहर्दै मा, थप सुनुवाइ बिहीबार हुने

कलैया, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धका अभियोग फिर्ता लिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइ बिहीबारका लागि सरेको छ।

सर्वोच्च अदालतमा मंगलबार भएको सुनुवाइ नसकिएपछि उक्त मुद्दालाई हेर्दाहर्दैमा राखिएको हो। सम्पत्ति शुद्धीकरण र संगठित अपराध जस्ता गम्भीर अभियोगहरू फिर्ता लिने निर्णय बदरको माग गर्दै दायर गरिएको उक्त रिटमा आज सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा बहस भएको थियो।

आजको सुनुवाइमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले आफ्नो बहस सम्पन्न गरेका छन्। निवेदक पक्षको बहस सकिएसँगै अब आगामी बिहीबार सोही इजलासमा मुद्दाको निरन्तरता हुने छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर