Sunday, August 9, 2026

बारा-३ का सांसद अरविन्द साहको निर्वाचन खर्च विवरण सार्वजनिक

कलैया, ११ चैत। फाल्गुन २१ गते सम्पन्न भएको निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ईन्जिनियर अरविन्द साहले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उनको निर्वाचन प्रतिनिधि आस्तानन्द प्रसाद साहले चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन्।

उम्मेदवार साहले निर्वाचनको क्रममा मनोनयन दर्ताको लागि १० हजार, सवारी साधन भाडा खर्च (ईन्धन समेत) ३ लाख ७२ हजार २२८ रुपैयाँ ७५ पैसा, मतदाता नामावलीको फोटो कपि बापत १४ हजार ९२५ रुपैयाँ र मतदाता प्रतिनिधि परिचालन प्रशिक्षण तथा खाजाको लागि ४ लाख ५० हजार २६५ रुपैयाँ खर्च गरेको खर्च विवरणमा उल्लेख छ।

यस्तै नमुना मतपत्र, पम्प्लेटहर, ब्यानरमा ९६ हजार ५०० रुपैयाँ, बारा क्षेत्र नं ३ को कार्यालय संचालन, खाना, पानीको लागि ३ लाख ३६ हजार ७३९ रुपैयाँ २२ पैसा, स्टेशनरीको लागि ६६ हजार २०० र प्रचारप्रसार सामग्री झण्डा एवम् अन्य गरी १ लाख ९७ हजार खर्च गरेका छन्।

साहले सार्वजनिक गरेको खर्च विवरणमा मतदाता प्रतिनिधि परिचालन प्रशिक्षण तथा खाज र कार्यालय संचालन एवम् खाना पानीमा सबैभन्दा बढी रुपैयाँ खर्च भएको छ। यस्तै मनोनयन दर्ताको लागि उनले बुझाएको १० हजार रुपैयाँ नै उनको सबैभन्दा कम खर्च रहेको छ।

खर्च विवरण

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर