Saturday, June 6, 2026

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

spot_img

कलैया, १२ चैत । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:०० बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने भएका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि नै शपथ गराइसकेका छन्।

सङ्घीय संसद् सचिवालयका अनुसार शपथ ग्रहणका लागि ४७ जनाले नेपालीबाहेकका मातृभाषा (जसमा १७ जनाले मैथिली) प्रयोग गर्ने तयारी गरेका छन्।

गत फागुन २१ को निर्वाचनबाट चुनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (१८२ सिट), नेपाली कांग्रेस (३८ सिट), एमाले (२५ सिट) लगायतका दलका प्रतिनिधिहरू यस समारोहमा सहभागी हुँदैछन्। सचिवालयले सांसदहरूलाई औपचारिक वा सांस्कृतिक पोसाकमा उपस्थित हुन र आवश्यक कागजातसहित दुई घण्टा अगावै हलमा पुग्न सूचित गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर