Thursday, June 4, 2026

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ

spot_img

कलैया, १२ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित प्रतिनिधिसभाको वैकल्पिक हलमा सांसदहरूले औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्ने शपथ लिएका हुन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका थिए । ज्येष्ठ सदस्य केसीले यसअघि मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिइसकेका छन्। संवैधानिक व्यवस्था अनुसार संसद्को बैठक प्रारम्भ हुनुअघि ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई शपथ गराउने प्रचलन छ।

यसपटकको संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दलको रूपमा उदय भएको छ। फागुन २१ गते सम्पन्न आम निर्वाचनमा रास्वपाले प्रतिनिधिसभामा १८२ सिट हासिल गरेको छ।

नयाँ र युवा नेतृत्वको बाहुल्यता रहेको यस संसद्‌बाट जनताले सुशासन र विकासको ठूलो अपेक्षा राखेका छन्। शपथ ग्रहणसँगै अब नयाँ सरकार गठन र संसदीय प्रक्रिया अगाडि बढ्ने बाटो खुलेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर