Saturday, June 6, 2026

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

spot_img

कलैया, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। गत फागुन २१ मा सम्पन्न आम निर्वाचनमा रास्वपाले प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेपछि राष्ट्रपति पौडेलले शाहलाई बहुमत प्राप्त दलको नेताको हैसियतमा सरकार प्रमुख चयन गरेका हुन।

प्रधानमन्त्रीको यो नियुक्ति नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (१) बमोजिम गरिएको छ। संविधान जारी भएयता कुनै पनि एकल दलले बहुमत प्राप्त गरी यस धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो ऐतिहासिक अवसर हो। यसअघिका सबै सरकारहरू विभिन्न दलहरूको गठबन्धन (धारा ७६ को उपधारा २) वा ठुलो दलको हैसियतमा (उपधारा ३) निर्माण हुँदै आएका थिए।

३५ वर्षको उमेरमा मुलुकको कार्यकारी प्रमुख बनेका बालेन नेपालको इतिहासमै सबैभन्दा कम उमेरका र मधेशी मूलका पहिलो प्रधानमन्त्री समेत बनेका हुन। नवनियुक्त प्रधानमन्त्री शाहको शपथ ग्रहण समारोह आजै राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ।

May be an image of ‎text that says '‎राष्ट्रपतिको कोकार्यालय รุ่ WER Tavirat ទាត់មន សរាក្ कार्यालय राष्ट्रपति भवन महाराजगजज, काठमाडी, नेपाल महाराजबाब: विजञप्त सम्माननीय राष्ट्रपति श्री रामचनद्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (9) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक गार्नु भएको छ| छ २०६२ साल चैत ੧੩ गते शुक्रवार। ने.सं. ११४६ चिल्लाख्व नवमी। اماحتن (रितेशकुमार शाक्य) प्रवक्ता फर्ोन 09--09월월복ㅇ, 보배9노녹9. 녹내만웃녹시, ঋ७৭९ঋ३, よ 북이9일보육 wecow.wc.ce.lcceeec क्यावस +800 ٩٩x٩٩٩٩٩-٩٩‎'‎

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर