काठमाडौँ, १५ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली हृदयको धडकन असामान्य भएपछि अस्पताल भर्ना भई हाल चिकित्सकको निगरानीमा रहनुभएको छ।
उहाँलाई शनिबार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो। अस्पतालले आज जारी गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै चिकित्सकहरूको टोलीद्वारा आवश्यक उपचार र निगरानी भइरहेको जनाएको छ।
अस्पतालका अनुसार उहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै निरन्तर अवलोकनमा राखिएको छ। साथै, चिकित्सकहरूले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्





