कलैया, १६ चेत । प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन्। आइतबार पक्राउ परेका खड्कालाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको हो।
खड्कालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको थियो। पक्राउ गरेलगत्तै प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतमा उपस्थित गराएको थियो।
अदालतले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ।





