Sunday, August 9, 2026

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

कलैया, १७ चैत । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाललाई प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ। जेनजी प्रदर्शनका क्रममा भएको दमन र मानवीय क्षतिका विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले रिजालमाथि फौजदारी लापरबाही गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले गत शुक्रबार आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै उच्च पदस्थ अधिकारीहरूमाथि कानुनी प्रक्रिया अघि बढेको हो।

यसअघि सोही प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर