कलैया, १७ चैत । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । सुन तोलामा ६७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ कायम गरिएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुन दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १ सय ४५ रुपैयाँले बढेर चार हजार ८ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस अघि सोमबार चाँदी चार हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।





