Sunday, August 9, 2026

रौतहट जिल्ला अदालतका डिट्ठा ५० हजार घुससहित पक्राउ

कलैया, १७ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिट्ठा लव कुमार सिंहलाई घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको छ।

अदालतको फैसला बमोजिम दाखिला खारेज पूर्जी गरी जग्गा फुकुवा गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।

सिंहले सेवाग्राहीबाट ५०,००० रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका सिंहमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर