कलैया, १८ चैत । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु सात हजार ४०० र चाँदी रु १०० ले बढेको हो ।
आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको थियो ।





