Saturday, June 6, 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि व्यवसायी दीपक भट्ट पक्राउ

spot_img

कलैया, १९ चैत । सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि विवादित व्यवसायी दीपक भट्ट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौँको नक्साल, गैरीधाराबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि विगत केही वर्षदेखि नै सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहे पनि पछिल्लो समय जेन-जी आन्दोलन पश्चात् यस प्रक्रियाले थप तीव्रता पाएको थियो।

पक्राउ पर्नुअघि सम्पत्ति शुद्धीकरण विभागले भट्टको राहदानी रोक्का गर्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो, जसका आधारमा उनको वैदेशिक यात्रामा रोक लगाइएको थियो। उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर