Friday, June 5, 2026

नेपाल प्रहरीमा ४ सय भन्दा बढीका लागि जागिर खुल्यो

spot_img

कलैया, २० चैत । नेपाल प्रहरीले प्राविधिकतर्फका विभिन्न उपसमूहहरूमा रिक्त रहेका ४०० भन्दा बढी पदका लागि नयाँ भर्ना प्रक्रिया सुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी नायव उपरीक्षक देखि प्रहरी जवानसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो।

जसमा इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, अटोमोबाइल र आर्किटेक्ट जस्ता क्षेत्रहरू समावेश छन्। त्यसैगरी विधि विज्ञानतर्फ बायोलोजी र रसायन, तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए लगायतका प्राविधिक जनशक्ति माग गरिएको छ।

सूचना अनुसार कुल माग गरिएको संख्यामध्ये सबैभन्दा धेरै प्रहरी जवान पदका लागि २८० जना र अन्य विभिन्न अधिकृत तथा सहायक स्तरका पदहरूका लागि १२९ जना गरी पदपूर्ति गरिनेछ।

इच्छुक उम्मेदवारहरूले पद अनुसार फरक-फरक मितिमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। जसअन्तर्गत प्रहरी नायव उपरीक्षक, निरीक्षक, नायव निरीक्षक र सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म दरखास्त बुझाउने म्याद तोकिएको छ।

हेर्नुहोस् गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन:

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर