Sunday, August 9, 2026

एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ

कलैया, २० चैत। मकवानपुरको हेटौंडामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अर्काको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

हेटौंडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी स्थित सोलिड्यारिटी माध्यमिक विद्यालय परीक्षा केन्द्र बाट प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ स्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय बिराज विक रहेका छन्।

अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा विक नक्कली परीक्षार्थी भएको खुलेको थियो।  पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर