Saturday, June 6, 2026

 सुनसरीमा सवारीसाधन दुर्घटना हुदाँ एक जनाको मृत्यु

spot_img

कलैया, २१ चैत । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल एकआपसमा शुक्रबार साँझ ठोक्किदा भुजेल गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी खड्काले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएका छन् । राईको धरानस्थित बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मै उपचार भइरहेको छ भने गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुशन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर