Sunday, August 9, 2026

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्दाहेर्दै’मा

कलैया, २२ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ भएको थियो।

आइतबारको इजलासमा निवेदकद्वय ओली र लेखकका तर्फबाट कानुन व्यवसायीहरूले आफ्नो बहस पूरा गरेका छन्। उनीहरूले पक्राउको प्रक्रिया गैरकानुनी र असंवैधानिक रहेको दाबी गरेका थिए। अब सोमबार महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट सरकारी वकिलहरूले सरकारको पक्षमा बहस गर्ने कार्यसूची रहेको छ। सरकारी पक्षको बहस सकिएपछि सोमबार नै सर्वोच्च अदालतले यस विषयमा आदेश दिन सक्ने सम्भावना छ।

गत भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य जाँचबुझका लागि गठित आयोगको सिफारिसका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

दुवै जनालाई चैत १४ गते बिहान पक्राउ गरिएको थियो। पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनीहरूका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर