बारा, २४ चैत । सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार करमा भारी कटौती गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको मन्त्री प्रतिभा रावलले जानकारी दिए।
बढ्दो महँगी र जनजीवनमा परिरहेको चापलाई मध्यनजर गर्दै सरकारले सहुलियत दिने निर्णय गरेको हो।





