Friday, June 5, 2026

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

spot_img

बारा, २४ चैत । महोत्तरीको जलेश्वर-बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहामा आज बिहान भएको सडक दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु भएको छ।

दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर तत्कालै आगलागी हुँदा त्यसमा सवार विद्यार्थीहरूको घटनास्थलमै जलेर मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतकहरू माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर घर फर्कँदै गरेका परीक्षार्थीहरू हुन्। दुर्घटना यति भयानक थियो कि दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्, जसका कारण सवारी साधनको नम्बर प्लेट समेत पहिचान गर्न कठिन भएको छ।

उक्त दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार घाइतेहरूको अहिले जलेश्वरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये दुई जनाको अवस्था अत्यन्तै गम्भीर र एक जनाको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीले हालसम्म मृतक तथा घाइतेहरूको विस्तृत विवरण (नाम, थर र ठेगाना) खुलाएको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर