Sunday, August 9, 2026

एसईई परीक्षा दिएर फर्किने क्रममा जलेर मृत्यु भएका  विद्यार्थीहरुको परिचय खुल्यो 

सर्लाही, २४ चैत। एसईई परीक्षा दिएर फर्किने क्रममा जलेर मृत्यु भएका ३ जना र घाइते भएका ३ जना विद्यार्थीको परिचय खुलेको छ। जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा ३ जना विद्यार्थीको जलेर मृत्यु भएको थियो।

प्रहरीका अनुसार मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं ६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षिय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षिय रवि दास र एकडारा गाउँपालिका वडा नं ३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षिय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ ।

निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।

त्यस्तै, सो घटनामा घाइते हुनेहरूमा जलेश्वर नगरपालिका वडा नं ६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षिय रोहित दास, सोही ठेगानाका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षिय अभय कापर र एकडारा गाउँपालिका वडा नं ५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षिय अजय कापर रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर