Friday, June 5, 2026

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

spot_img

बारा, २५ चैत । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको छ।

गत भदौ २४ गते जेन-जी विद्रोहका क्रममा देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको आगजनी र तोडफोडपछि त्यहाँ जलेको अवस्थामा ठूलो परिमाणमा नगद फेला परेपछि यो अनुसन्धानले नयाँ मोड लिएको हो।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भए पनि देउवा दम्पती हाल उपचारको सिलसिलामा हङकङमा रहेका छन्।

यसै घटनाको सिलसिलामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। खड्काको निवासमा पनि आगजनीका क्रममा जलेका नोटका टुक्राहरू भेटिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर