Friday, June 5, 2026

लागुऔषध अफिम सहित २ जना बारा प्रहरीको नियन्त्रणमा 

spot_img

कलैया, २५ चैत। जिल्ला प्रहरी कार्यालय बाराले अबैध लागुऔषध अफिम जस्तो देखिने पदार्थसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं २ बस्ने ५५ वर्षिय ५५ वर्षिय खड्ग बहादुर मोक्तान र साबिक डाडा खर्क गाबिस वडा नं ८ बस्ने ४९ वर्षिय लाल बहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

आज बेलुका ५ बजेको समयमा इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ कल्पवृक्ष होटल स्थित सडक खण्डमा हेटौँडाबाट सिमरा तर्फ शंकास्पद रुपमा हिडिरहेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिइएको हो।

उनीहरुको साथबाट लुकाई छिपाई राखिएको ९८२ ग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थ बरामद गरी उक्त लागुपदार्थ ओसारपसार कार्यमा संलग्न रहेको मोक्तान र स्याङतानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर